ad ad

राजनीति


ईयूको सेफ्टी लिस्टमाथि छलफल गर्न संसदीय समितिको बैठक बस्दै

ईयूको सेफ्टी लिस्टमाथि छलफल गर्न संसदीय समितिको बैठक बस्दै

नेपालखबर
साउन १०, २०८१ बिहिबार ९:४४, काठमाडौँ

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ। 

बिहीबार बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा चारवटा एजेण्डामाथि छलफल हुने समितिले जनाएको छ। 

युरोपेली संघ (ईयू)को सेफ्टी लिस्ट तथा नागरिक उड्यन, नेपाल वायु सेवा निगमलाई कोरिया उडान अनुमति, पोखरा र गौतम बुद्ध विमास्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्य प्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसलहरुको सम्झौताको सम्बन्धमा छलफलको लागि बैठक बोलाइएको हो।

ईयूले आफ्नो सेफ्टी लिस्टबाट नेपाललाई अझै हटाएको छैन। नेपालको आकाश हवाई उडानको लागि असुरक्षित रहेको भन्दै ईयूले नेपाललाई हवाई उडानको दृष्टिले कालो सूचीमा राख्दै आएको छ। 

नेपाल ईयूको सेफ्टी लिस्टबाट नहटेकै अवस्थामा हिजो (साउन ९ गते) काठमाडौँ विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको सौर्य विमान दुर्घटनाले नेपालप्रति ईयूमा अझ नकारात्मक सन्देश जान सक्ने चिन्ता त्यो क्षेत्रका विज्ञहरुको छ।  

त्यसैगरी प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक पनि आज बस्दैछ। बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धमा छलफल हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .