ad ad

राजनीति


भ्रष्टाचार नियन्त्रण गर्न ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानुन आवश्यक : योगेश भट्टराई

भ्रष्टाचार नियन्त्रण गर्न ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानुन आवश्यक : योगेश भट्टराई

नेपालखबर
साउन ८, २०८१ मंगलबार १६:३, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए।

उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धी कानुन तत्काल निर्माण गरी न्युनिकरण गर्न आवश्यक रहेको बताए। उनले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे।

उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाएपनि अघि नबढेको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानूनी व्यवस्था आवश्यक रहेको बताए।

उनले भने,‘स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाएको पाइन्छ। तर त्यो अगाडि बढेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था कानुनी व्यवस्था आवश्यक रहेको भनेको छ। निर्वाचन आयोगले गत निर्वाचनमा केही आचारसंहिता लगाउन खोज्यो। तर त्यो कानूनी बाध्यता थिएन। त्यहाँ पनि कानुन आवश्यक भएको देखिन्छ।’

उनले संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल सम्बन्धी रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल रहेको बताएको पनि जनाए।

उनले स्वार्थको द्वन्द्वहरु बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमन गर्ने कुराहरु कमजोर बनेको देखिएको बताए। उनले राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानुन आवश्यक देखिएको बताए।

उनले भने, ‘संविधान जारी भएपछि ट्रान्सफरेन्सी इन्टरनेसनलले नेपालसम्बन्धि रिपोर्ट दिँदै भ्रष्टाचार युक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल छ। त्यसकारण नेपाल धेरै भ्रष्टाचार हुने मुलुक हो। स्वार्थको द्वन्द्वहरु बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएका छन्। त्यसको नियन्त्रण र नियमन गर्ने कुराहरु कमजोर बनेको देखिन्छ।’

उनले ड्राफ्ट भएर कानुन मन्त्रालयमा रहेको कानुनलाई छिटो भन्दा छिटो संसदमा ल्याएर नेपाललाई लोकतान्त्रिक र सभ्य मुलुकको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले राजनीतिक नेतृत्वको आचरणलाई नियमन गर्न स्वार्थको द्वन्द्व व्यवस्थालाई कानूनी ढङ्गले उपचार खोज्न आवश्यक  रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .