ad ad

राजनीति


मौसमसम्बन्धी सूचना प्रभावकारी होस्: सिँचाइमन्त्री

मौसमसम्बन्धी सूचना प्रभावकारी होस्: सिँचाइमन्त्री

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:११, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुने गरी प्रभावकारी ढंगले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन्। 

जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई  प्राथमिकतामा राखेर विभागले सेवा  प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन्। 

‘जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यावहारिक रूपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,’ मन्त्री खड्काले भने। उनले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाई समेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रूपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरे।

विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। मन्त्री खड्काले कर्मचारीको मूल्यांकन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए। उनले  विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनै पनि नीति नबनेको बताए। उनले  जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताए। 

विभागका महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताए।

वि।सं। २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमबारे जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीनदिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमानसमेत गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .