ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाले दियो ओलीलाई बधाई, विश्वासको मत नदिने

राष्ट्रिय जनमोर्चाले दियो ओलीलाई बधाई, विश्वासको मत नदिने

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १७:१८, काठमाडौँ

राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ। पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले आइतबार प्रतिनिधि सभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै मत नदिने जानकारी गराएका हुन्। 

‘राष्ट्रिय जनमोर्चाले बधाई दिन्छ, समर्थन दिन्नँ,’ उनले भनेका छन्, ‘राम्रो गर्नुस्, राम्रो गर्दा समर्थन, नराम्रो गर्दा विरोधमा जनमोर्चा जान्छ। यो सरकारलाई समर्थन गर्न सक्दैन।’

साथै, उनले शीर्ष दलहरू नै सरकार बनाउने र भत्काउने खेलमा मात्रै लागेको आरोप लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .