ad ad

राजनीति


प्रधानमन्त्री ओलीको मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा

प्रधानमन्त्री ओलीको मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा

नेपालखबर
साउन ५, २०८१ शनिबार १५:१३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि कांग्रेसले साथ दिएपनि उनका कमजोरीमा मौन नबस्ने बताएका हुन्। 

‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ। तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन की कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका छौँ त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन,’ महामन्त्री शर्माले भने।

विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने उनले प्रष्ट पारे।

उनले अघि भनेका छन्, ‘उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन। दुई दलले हेक्का राख्नुपर्ने विषय यो छ की, हामी दुई दल नै मिलेर सरकार बनाउन सक्छौँ, १३८ भए पुग्छ, तर संविधान बदल्न, संशोधन गर्न १८४ चाहिन्छ। सबैको साथमा राम्रो सहकार्य गरेर जानसक्ने क्षमता अहिलेको नेतृत्वले गर्नुपर्छ,’ उनले भने। 

प्रतिनिधिसभाका दुई ठूला दल नेकपा एमाले र कांग्रेस मिलेरै देशलाई नविन सम्भावनाको बाटोमा लैजानुपर्ने उनको निष्कर्ष थियो। 

‘नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ। प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ। बन्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि बन्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .