ad ad

राजनीति


सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगानारायण श्रेष्ठ

सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगानारायण श्रेष्ठ

नेपालखबर
साउन ५, २०८१ शनिबार १४:४, काठमाडौँ

महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताएका छन्।

समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य समेत रहका उनले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाए। उनले समाजवादी मोर्चाले त्यसका बिरुद्धमा सडक र सदनबाट संघर्ष गर्ने दाबी समेत गरे। 

‘दुईवटा ठूला दलहले असार १७ गते राति बसेर सात बुँदे समझदारी जुन बनाइएको भनेर मिडियाले जुन कुरा सार्वजनिक गरिराखेको छ, यसले कतै हामीले प्राप्त गरेको उपलब्धिहरु गुम्दै त छैन ? देशलाई पश्चगमन तर्फको यात्रामा धकेल्न त खोजेको छैन भन्नेखालको आशंका पनि छ,’ उनले भने, ‘यदि त्यो खालको अवस्था हो भनेदेखि यो समाजवादी मोर्चाले किमार्थ प्राप्त गरेका उपलब्धिहरुलाई छिन्ने कसैले धृष्टता गर्छ भने त्यसको विरुद्धमा समाजवादी मोर्चा सडकमा, सदनमा सबै प्रकारको संघर्ष गर्नको निम्ति तयार रहन्छ।’ 

श्रेष्ठले समाजावादी मोर्चाको समाजवादी शक्तिहरु, कम्युनिष्ट र वामपन्थी शक्तिहरुलाई  एकीकृत गरेर पार्टी एकतासम्म जाने उदेश्य राखेको जानकारी समेत दिए। कतिपय पहिचानवादी दलहरुलाई  पनि  समाजवादी मोर्चामा ल्याउनको लागि जोड गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .