सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसद्मा विश्वासको मत लिँदै छन्।
त्यसअघि दिउँसो १२ बजे बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।
गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
त्यसको ३० दिनपछि प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार भोलि प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने भएका हुन्।
675
Shares

प्रतिक्रिया