ad ad

राजनीति


घण्टी बजाउँदै, लौरो ठटाउँदै आएको देखेर कांग्रेस–एमाले मिले : रवि लामिछाने

घण्टी बजाउँदै, लौरो ठटाउँदै आएको देखेर कांग्रेस–एमाले मिले : रवि लामिछाने

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका दुई ठूला दल देशको स्वार्थका लागि रियलाइज गरेर एक नभएको ठोकुवा गरेका छन्। 

बिहीबार पार्टीले आयोजना गरेको नीति मन्थनलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले भागबन्डाको  राजनीति अझै मौलाउन सहयोग पुगेको बताए। 

‘हाम्रो जस्तो भागबन्डाको राजनीति, नियमक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छ। सहि नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘अब एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो।’

उनले लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो। 

‘रियलाइजेसनको नतिजा अहिलको दुई ठूला दलको मिलनमा देखिँदैन। साँच्चै हामीले नराम्रो गरेकै कारणले भन्दा पनि यतबाट घण्टी बजाउँदै आए, उताबाट लौरा ठटाउँदै आए भनेर अहिले त मल्टिपार्टी होइन दुई पार्टी नै मिल्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको छ। त्यो रियलाइजेसनको कारणले भएको देखिँदैन,’ उनले भने। 

उनले कांग्रेस र एमालेको सत्ता सहकार्य अझै बढी खतरनाक हुनसक्ने पनि बताए। 

‘हामीले भागबन्डा गरेका होइनौँ। दुईवटा राजदूतको जुन कोटा छ त्यसमा देशबाट योग्य मान्छे जाउन् भन्ने हो,’ उनले भने, ‘हामीले राजदूत बन्नका लागि यो यो क्राइट एरिया हुनुपर्छ भन्ने स्पष्ट पारेका हौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .