ad ad

ग्लोबल


को हुन् पतिलाई परस्त्रीसँग सम्बन्धको आरोप लगाउँदै ‘डिभोर्स’ गर्ने दुबईकी राजकुमारी?

‘सार्वजनिक रूपमा सम्बन्ध-विच्छेदको घोषणा साहसी कदम’
को हुन् पतिलाई परस्त्रीसँग सम्बन्धको आरोप लगाउँदै ‘डिभोर्स’ गर्ने दुबईकी राजकुमारी?

दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोम


नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:५३, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) का उपराष्ट्रपति एवं प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले इन्स्टाग्राममार्फत पतिसँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेको कुरा अहिले निकै चर्चामा छ।

दुबईकी राजकुमारी शिखाले पति शेख मना बिन मोहम्मद बिन रसिद बिन मना ‘अरू साथीसँग व्यस्त भएको’ आरोप लगाउँदै आफूले सम्बन्ध विच्छेद गरेको बताएकी छन्। 

दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोम

उनले इन्स्टाग्रामम लेखेकी छन्, ‘प्रिय श्रीमान्! तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु। म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु। तपाईंकी पूर्वपत्नी!’

को हुन् त शिखा मह्रा? 
शिखाको जन्म २६ फेब्रुअरी १९९४ मा दुबई, यूएईमा भएको थियो। उनी अहिले २९ वर्षकी भइन्। शिखाको जरा इमिराती र ग्रिक दुवै हुन्, किनकि उनकी आमा जो ग्रिगोराकोस ग्रिसकी हुन्।

प्रारम्भिक शिक्षा दुबईको एक निजी विद्यालयबाट प्राप्त गरेपछि शिखा उच्च शिक्षाका लागि लन्डन गएकी थिइन्। उनले बेलायतको एक विश्वविद्यालयबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध’मा डिग्री लिएकी छन् र मोहम्मद बिन रसिद सरकारी प्रशासनबाट कलेजको डिग्री पनि लिएका छन्।

शिखा मह्रा सामाजिक कार्य र महिला सशक्तीरणको वकालत र स्थानीय डिजाइनरहरूको समर्थनका लागि पनि परिचित छिन्। उनी घोडसवारीको सौखिन हुन् भने धेरै घोडा सवारी कार्यक्रममा भाग पनि लिइसकेकी छन्। 

शिखा मह्राको विवाह र सम्बन्धविच्छेद
शिखाले मे २०२३ मा शेख मना बिन मोहम्मद बिन रसिद बिन मनासँग  विवाह गरेकी थिइन्। उनले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्।

तर त्यसको २ महिनामै उनले सार्वजनिक रूपमा सम्बन्धविच्छेदको घोषणा गरिन्। पति शेख मना अर्की महिलासँग सम्बन्धमा रहेको आरोप उनले लगाएकी छन्। 

सम्बन्धविच्छेदको घोषणापछि यी जोडीले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन् र आफ्नो प्रोफाइलबाट एकअर्काका सबै तस्विर हटाएका छन्।

शिखाको सार्वजनिक रूपमा सम्बन्ध-विच्छेदको घोषणालाई साहसी कदमका रूपमा हेरिएको छ।

को हुन् शिखाका पूर्वपति शेख मना?
शेख मना शेख मोहम्मद बिन रसिद बिन मना अल मक्तोमका छोरा हुन्। उनी यूएईका धेरै सफल व्यावसायिक उद्यममा संलग्न छन्।

जसमा जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ पर्छन्। शेख मनाको कूल सम्पत्ति करिब १ अर्ब ५० करोड डलर रहेको अनुमान गरिएको छ।

आफ्ना व्यापारिक गतिविधिबाहेक, शेख मनालाई एक सौखिन स्कियरका रूपमा पनि चिनिन्छन्।

उनका सोसल मिडिया पोस्टहरूमा उनी फ्रान्सको चर्चेभेलको लोकप्रिय स्कि रिसोर्टमा स्किइङ यात्राको मजा लिइरहेको पनि देखिन्छन्। 

शेख मना माछा पक्रिन मन पराउने र आफ्ना साथीहरूसँग रमाइलो गरिरहेको पनि देखिन्छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .