ad ad

राजनीति


‘प्रचण्ड बालुवाटारबाट खुमलटार सर्दा रुवाबासी आवश्यक छैन’

‘प्रचण्ड बालुवाटारबाट खुमलटार सर्दा रुवाबासी आवश्यक छैन’

नेपालखबर
साउन २, २०८१ बुधबार २२:३, काठमाडौँ

अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले सरकार गुम्दा सबै सकिन्छ भनेर रुवाबासी गर्न आवश्यक नरहेको बताएका छन्।

अखिल क्रान्तिकारी काठमाडौं इन्जिनियरिङ कलेजको १३ औं एकाइ सम्मेलनलाई सम्बोधन गर्दै मैनालीले प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न सम्भव रहेको बताए।

माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको दाबी पनि उनले गरे।

‘प्रचण्ड खुमलटारबाट बालुवाटार सर्दा दलाल मार्काका साथीहरूले रुवाबासी गरिरहनुभएको छ’ मैनालीले भने, ‘तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ भन्ने साथीहरू उत्साहित हुनुहुन्छ।’  

उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढलेको जिकिर पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .