ad ad

राजनीति


मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्नूस्

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्नूस्

नेपालखबर
असार ३१, २०८१ सोमबार २०:५०, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

सोमवार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा उनले सो निर्देशन दिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।

त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए।

६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखि काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको पनि प्रवक्ता गुरुङले बताए।

उनले भने, ‘माननीय मन्त्रीज्यूहरूले एक महिनाभित्र केही न केही फरक चाहिँ देखाउनु पर्‍यो आफ्नो मन्त्रालयको काम। ६ महिना भित्र यो क्याबिनेटले यो सरकारले काम गर्ने भयो भनेर जनतालाई ढुक्क हुने स्थिति बनाउने। एक वर्ष भित्र इन्किेटरको हिसावले पनि देखिने गरी परिवर्तन आउनुपर्‍यो। परिणाममुखि देखिनु पर्‍यो भनेर निर्देशन दिनु भएको छ।’

उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका थिए। सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएका प्रवक्ता गुरुङको भनाई थियो।

उनले भने, ‘अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने। भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ। खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाइप लैजान्छ। अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ। खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन। कहिले कहिले केवुल बिछ्याउने नाममा संचार मन्त्रालयले सबै भत्काउँछ। त्यो काम त्यत्तिकै असरल्ल बनाएर छोड्छ। यो चाहिँ मन्त्रालयहरूबीच समन्वय नभएर यो समस्या भएको हो। त्यसकारण मन्त्रालयहरुबीचको कामको समन्वय हुनु पर्‍यो। यस्ता देखिने सानातिना सबै समस्या समाधान हुनुपर्‍यो भन्ने निर्देशन दिनुभएको छ।’

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .