ad ad

राजनीति


पृथ्वीसुब्बा गुरुङ : गण्डकीको पहिलो मुख्यमन्त्रीदेखि संघको मन्त्रीसम्म

पृथ्वीसुब्बा गुरुङ : गण्डकीको पहिलो मुख्यमन्त्रीदेखि संघको मन्त्रीसम्म

नेपालखबर
असार ३१, २०८१ सोमबार १२:५७, काठमाडौँ

लमजुङबाट प्रतिनिधि सभा सांसद बनेका नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका छन्। 

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री बनिसकेका गुरुङले ०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए। 

विसं २०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताका रूपमा चिनिन्छन्। उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

विज्ञान विषयमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध थिए। 

२०२७ सालमा ईशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार (अनेरास्ववियूको तर्फबाट) स्वतन्त्र विद्यार्थी युनियन सचिव बनेका थिए।

२०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका गुरुङ विसं २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष निर्वाचित भए। उनी पञ्चायतकालमै पटकपटक प्रहरी हिरासतमा परेका थिए। 

विसं २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा उनी हारेका थिए।

पहिलोपटक उनी लमजुङ क्षेत्र नम्बर २ बाट विसं २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

यसअघि गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए। 

आदिवासी जनजाति महासंघको नेतृत्वसमेत लिएका गुरुङ लमजुङमा कम्युनिस्ट राजनीतिलाई बलियो बनाउन भूमिका खेलेका नेतामध्ये प्रमुख मानिन्छन्।

दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक र पाका नेताका रूपमा चिनिन्छन्।

प्रदेशका अधिकारका विषयमा लड्ने बलियो नेताका रूपमा उनलाई अहिले पनि पार्टीभित्र चर्चा हुने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .