ad ad

राजनीति


ईपीजीको विषय टुंगियो भने नेपाल–भारत सम्बन्धका ‘इरिटेसन’ बाँकी हुँदैन : कानुनविद् अधिकारी

ईपीजीको विषय टुंगियो भने नेपाल–भारत सम्बन्धका ‘इरिटेसन’ बाँकी हुँदैन : कानुनविद् अधिकारी

नेपालखबर
भदौ २२, २०८१ शनिबार १९:१०, काठमाडौँ

कानुनविद् डा‍ विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन्।

दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाई गर्न नहुने उनको भनाइ थियो। 

सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को समिक्षात्मक टिप्पणी गर्दै कानूनविद अधिकारीले दुई मुलुकबीचका देखिएका असमानका सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताए।

‘नेपाल भारतीबीचको अनइक्वायल रिलेसन छ। हो, त्यसलाई सम्बोधन गर्नैपर्छ। यो जुन हाम्रो ईपीजीको कुरा छ। यसलाई पनि टुंग्याउनु पर्छ। र वाटरलाई जियोपोलिटिकल टुलका रुपमा प्रयोग गर्नु हुँदैन। अब यति कुरा भयो भने हाम्रो सम्बन्धमा देखिएका इरिटेशनहरू बाँकी रहँदैन। यो त चुट्की बजाएर सबै समाधान हुन्छन्,’ उनले भने।

नेपालको जलस्रोतलाई दुई मुलुकबीचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख उनले गरे।

कानुनविद् अधिकारीले नेपालले विगतमा पनि भारतसँग कमजोर ढंगले प्रस्तुत हुँदा विगतमा भएका असमान खालको सन्धी सम्झौता पुनरावलोकन हुन नसकेको जिकिर समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .