ad ad

राजनीति


फेरि सर्‍यो प्रतिनिधि सभा बैठक, सोमबार दिउँसो ४ बजे बस्ने

फेरि सर्‍यो प्रतिनिधि सभा बैठक, सोमबार दिउँसो ४ बजे बस्ने

नेपालखबर
असार ३०, २०८१ आइतबार १४:५६, काठमाडौँ

सोमबार (असार३१ गते) दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक सरेको छ।

अब बैठक सोही दिन दिउँसो ४ बजे बस्ने छ।

‘विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो।

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .