ad ad

राजनीति


प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुन्छ : कांग्रेस प्रवक्ता महत

प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुन्छ : कांग्रेस प्रवक्ता महत

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८१ शनिबार १६:१०, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पटक पटक गरेर मन्त्रीहरूको नियुक्त नहुने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्रीको नियुक्तिसँगै मन्त्रीहरूको पनि शपथ हुनेगरी तयारी भइरहेको उनले बताए। 

‘पहिला त प्रधानमन्त्रीको नियुक्त हुनुपर्यो। पहिल्यै मन्त्री पठाएर हुँदैन। शपथ ग्रहणसँगै मन्त्रीहरूको पनि शपथग्रहण हुन्छ। सबै कुराको आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि पटक पटक गरेर हुँदैन, करिब एकै पटक मन्त्रीहरूको टुंगो लगाएर शपथ ग्रहण हुन्छ।’

मन्त्रीहरूको टुंगो लगाउने आन्तरिक गृहकार्य भइरहेको भन्दै उनले शपथ ग्रहणपछिमात्रै कुन कुन मन्त्रालय कसले कसले पाउने भन्नेबारे टुंगो लाग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .