ad ad

राजनीति


प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी–जातजातिलाई भड्काएर आफ्नो रोटी नसेक्नुस्

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी–जातजातिलाई भड्काएर आफ्नो रोटी नसेक्नुस्

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १५:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे। उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको पनि बताए। 

जातीय छुवाछुतविरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्दै उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे।

‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन। त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ। दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो। हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ। यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा। जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो?,’ उनले प्रश्न गर्दै भने, ‘राजा महेन्द्रको पालामा २०२० तिर यो कानून बनाइएको हो। तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस्। चुनाव हुन्छ, चुनावमा जानुस्। चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ। तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्। किनभने अत्ति भइसक्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .