ad ad

राजनीति


समाजवादी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री छलफलमा

समाजवादी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री छलफलमा

समाजवादी मोर्चा। फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार १८:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ लगायत उपस्थित छन्।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन लागेकाले यसबारे छलफल भइरहेको आचार्यले बताए। एक वर्षअघि सरकारमा रहेका र नरहेका चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा गरिएको थियो। हाल मोर्चाको संयोयक विप्लव रहेका छन्। 

मोर्चामा आवद्ध भएको नेकपा एकीकृत समाजवादी लगायतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। 

प्रधानमन्त्रीले विश्वासको मत नपाएको खण्डमा मोर्चालाई सक्रिय बनाएर सत्तारुढ दलविरुद्ध अभियान चलाउने माओवादी केन्द्रको तयारी रहेको छ।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .