ad ad

राजनीति


मन्त्रालयको बाँडफाँट भइसकेको छैनः ओली

मन्त्रालयको बाँडफाँट भइसकेको छैनः ओली

नेपालखबर
असार २६, २०८१ बुधबार १३:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारका लागि मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन,’ ओलीको भनाइ छ, ‘को-को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतः हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतः बराबरको हैसियतमा व्यवहार गर्दछन्। सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ। त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ।’

नयाँ सहमति  अनुसार प्रधानमन्त्री बन्न लागेका ओलीले आफूले जनतालाई केन्द्र भागमा राखेर काम गर्ने समेत प्रतिवद्धता जनाए।

‘हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा जोड दिनु र व्यावसायिकतामा ध्यान दिनु, उद्यमशिलता, औद्योगिकीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजका आवश्यकता हुन्। शिक्षालाई बढी व्यावहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो। जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .