नेकपा एमाले केन्द्रीय सचिवालय बैठक ललितपुरमा सुरू भएको छ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा चलिरहेको छ।
बैठकको सुरूमा अध्यक्ष ओलीले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिएका छन्।
दृश्यमा हेर्नुहोस्
माओवादीसँगको साथ छाडेको एमाले कांग्रेससँग सत्ता साझेदारी गर्ने तयारीमा छ। एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेसले सहमति जनाएको छ।
एमालेलगायत सत्ता साझेदार दलहरूले साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिने भनेका छन्।
एमालेले सचिवालय बैठकमार्फत अब सरकारमा सामेल हुने मन्त्रीको नाम छनोटका लागि मापदण्ड पनि तय गर्ने जनाएको छ।
यो बैठक मंगलबार नै बोलाइएको भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।


Shares

प्रतिक्रिया