ad ad

राजनीति


नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

नेपालखबर
असार २५, २०८१ मंगलबार १६:५५, काठमाडौँ

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन्।

मंगलबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए।

उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए। उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको पनि बताए। 

‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन। यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो। यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरूले नै सार्वजनिक गरिसक्नुभएको छ। बरू अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो,’ उनले भने, ‘उहाँहरूले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ। यो अवस्थामा माओवादीले गम्भीरताका साथ लिनुपर्छ। प्रश्न देशको आर्थिक विकास, र समृद्धिको दिशामा लैजाने हो। मुलुकका दुई ठूला दलले संविधानलाई दोष देखिरहनुभएको छ। उहाँहरू जनताको अधिकार सिमित गर्ने बाटोमा हिँडिरहनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .