ad ad

राजनीति


प्रचण्डप्रति चित्रबहादुरको कटाक्ष : बाठो खान्छ तीन बल्ड्याङ्

प्रचण्डप्रति चित्रबहादुरको कटाक्ष : बाठो खान्छ तीन बल्ड्याङ्

फाइल फोटो


नेपालखबर
असार २५, २०८१ मंगलबार १५:२१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन्।

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन शुरु भएको उनको जिकिर थियो।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए।

उनले भने, ‘अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल। पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा शुरु भएको थियो। त्यो बुझनु भएन। अब यसो भन्दाखेरी नराम्रो लाग्ला। तपाईले चाहिँ कति पटक बालकोट धाउनु भयो, कति पटक बूढानीलकण्ठ पुग्नु भयो? यसरी चल्छ राजनीति? तपाईं ५ वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन। ... खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ् भनेजस्तै तपाईंले बल्ल भोग्नु भयो।’

उनले थपे, ‘तपाईंहरूको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन? गृह मन्त्रालय किन लिएन? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ –दालका काला हय। बूढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनु भएको छ। अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो।’

अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे। दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए।

‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अब सबै क्षेत्रमा मुक्त हुनेवाला छ। यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ। भित्र पनि सुनिन्छ’ उनले भने, ‘नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु। त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईहरु संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाहिँ नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .