ad ad

राजनीति


उपसभामुख भन्छिन्– ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिनुपर्छ

उपसभामुख भन्छिन्– ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिनुपर्छ

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८१ बिहिबार १७:४०, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको बताएकी छिन्। 

चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा बिहीबार सम्बोधन गर्दै उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्वएसिया र मध्यएसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको बताइन्। 

उनले फोरम ट्रान्स हिमालयन राष्ट्रहरूलाई उनीहरूको साझा समृद्धि र विकासको लागि एकसाथ ल्याउन चीनको अत्यन्त महत्वपूर्ण प्रयास भएको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरुका बीचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास व्यक्त गरिन्।  

‘ट्रान्स हिमालयन फोरमले यस क्षेत्रका देशहरूका बीचमा थप सहकार्यका लागि मार्ग प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ’, उनले भनिन्, ‘यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबीचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवद्र्धन गर्नेछ।’ 

ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औल्याउँदै उनले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुने बताइन्।  
 

उपसभामुख रानाले नेपाल र चीन नजिकका छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार भएको चर्चा गर्दै नेपाल ‘एक चीन नीति’मा दृढ रहेको दोहो¥याइन्। 

उनले नेपालको माटोमा चीनविरुद्ध कुनै पनि शत्रु गतिविधि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .