ad ad

राजनीति


प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ सर्‍यो

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ सर्‍यो

नेपालखबर
असार २०, २०८१ बिहिबार १४:५९, काठमाडौँ

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ सरेको छ।  

यसअघि शुक्रबार सुनुवाइ गर्ने मिति तय भएको भए पनि प्रधानविरुद्ध परेका उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भन्दै समिति सदस्यहरूले समय मागेपछि सुनुवाइ सरेको हो।

समिति सदस्य महेश बर्तौलाले प्रधानविरुद्ध गम्भीर खालका उजुरी परेकाले त्यसमाथि थप अध्ययन गर्नुपर्ने भएको बताए।

‘गम्भीर विषय आएको हुनाले थप सूचना पनि लिनुपर्ने भयो,’ उनले भने, ‘हामीले प्रस्थावित निर्वाचन आयुक्तमाथिको सुनुवाइका लागि भोलिको समय तोकेका थियौं। तर, थप अध्ययनको समय अभाव हुने भएका कारणले थप समय माग गरेका छौं।’

प्रधानविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिको आजको बैठकमा छलफल भएका थियो।

उजुरीकर्ताहरूमध्य छलफलमा तीन जना मात्रै उपस्थित भएका थिए। 

प्रधानविरुद्ध यौनदुव्यर्वहारको उजुरी समेत परेको छ। सुनुवाइको अर्को मिति भने तोकिएको छैन।

संवैधानिक परिषदले प्रधानको नाम असार २ गते निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .