सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका छन्।
एउटा जीवन्त पार्टीभित्र बहस र विवाद भइरहने भन्दै उनले बहस र विवादबाटै अगाडि बढ्ने बताए।
‘पार्टी भनेको जमेको पोखरीजस्तो होइन, पार्टी भनेको गडगडाएर अगाडि बढ्ने जात हो’, उनले भने, ‘जहाँ विवाद हुन्छ, बहस हुन्छ आदि इत्यादि हुन्छ।’ उनले पछिल्ला के्ही विषयले कार्यकर्तामा अन्यौलता देखिएको बताए।
नेकपाको बागमती प्रदेशको प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्।
‘धेरै दुःख गरेर र ठूलो मूल्य चुकाएर कम्युनिस्ट पार्टीलाई यहाँसम्म ल्याइपुर्याएका छौँ’, उनले भने, ‘यो पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन दिँदैनौँ।’
पार्टी विभाजन गर्ने प्रतिक्रियावादीको षड्यन्त्र सफल हुन नदिने भन्दै उनले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन समेत दिए।

प्रतिक्रिया