शाही पदवी त्यागेपछि आफू अब राजकुमार नभएको ह्यारीले बताएका हुन्।
बुधबार स्कटल्याण्डको इदबरामा ह्यारीले भने,‘मैले बेलायती राजपरिवारको जिम्मेवारीबाट अलग्गिएर जीवनको नयाँ अध्याय सुरु गरेको छु। त्यसैले मलाई राजकुमार होइन मात्र ह्यारी भन्नुहोस्।’
आगामी मार्च ३१ बाट ह्यारी राजपरिवारको जिम्मेवारीबाट पूर्णरुपमा अलग्गिदैछन्। उक्त समयसम्म उनको शाही पदवी रहिरहनेछ।
यद्यपी त्यस अघिदेखि नै ह्यारीले भने आफूलाई राजकुमार नभन्न आग्रह गरिरहेका छन्।
राजपरिवारबाट अलग्ग्एिसँगै अब ह्यारीका लागि बेलायती राजपरिवारले पाउने सुविधा बञ्चित गरिनेछ। उनको सुरक्षामा खर्च हुने बजेट रद्द हुनेछ।
श्रीमती मेगन मर्केल र आफू आर्थिक रुपमा स्वतन्त्र हुने भन्दै ह्यारीले राजपरिवारबाट अलग्गिने निर्णय गरेका थिए। एजेन्सी


प्रतिक्रिया