बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाउने भनी रकम लिए पश्चात सम्पर्कविहीन एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका ३ घर भइ हाल ललितपुर महानगरपालिका– ४ बस्ने ३१ वर्षीय दिपक श्रीस रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सातदोबाटोबाट पक्राउ गरेको हो।
उनले अमेरिका पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रतिक्रिया