ad ad

राजनीति


टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलद्वारा प्रारम्भिक छलफल सुरु

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलद्वारा प्रारम्भिक छलफल सुरु

नेपालखबर
असार १९, २०८१ बुधबार १७:३९, काठमाडौँ

संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी)विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरु गरेको छ।

बुधवार सिंहदरबारमा बसेको कार्य दलको बैठकले हत्याको परिभाषा कसरी गर्ने, बाल सेना र पीडित सुरक्षाकर्मीको मागलाई कसरी सम्बोधन गर्ने, पीडितले न्यायको खोजीमा फेरि अदालत जान पाउने, नपाउने, घटी सजायको माग दाबी लगायतका चार मुख्य विषयमा सहमति जुटाउनका लागि कार्य प्रारम्भिक छलफल गरेको हो।

पीडितलाई न्यायको प्रत्याभुति हुनेगरी विधेयकमा देखिएको विवादका विषयमा सहमति जुटाउने गरी छलफललाई अघि बढाइएको कार्यदलका सदस्य समेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा नेताबीच सो विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा सो विधेयक पारित गर्नेगरी अघि बढ्ने समझदारी भएको छ। पीडितलाई न्याय दिलाउने र पीडकलाई दण्डको व्यवस्था हुनेगरी सो विधेयकमा सहमति जुटाउने गरी छलफल अघि बढाइएको कार्य दलका सदस्य बर्तौलाले बताए।

उनले भने, ‘संसदीय समितिमा टीआरसी विधेयक विचाराधिन छ। यो विधेयक टुंगोमा पुर्‍याउनका लागि हामीले उपसमिति बनाएर पनि काम गर्‍यौं। चार वटा विषयहरुमा थप छलफल गर्नुपर्ने भनेर यसलाई प्रतिवेदन समितिमा पठाइयो। त्यो प्रतिवेदनउपर समितिमा पनि केही छलफल भयो। तथापि पनि त्यसलाई निष्कर्षमा पुर्‍याउन सकिएको छैन।’

प्रमुख तीन दलले सो विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमाले बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .