ad ad

राजनीति


अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुरका मेयर आफैँ पुगेर चलाए डोजर

अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुरका मेयर आफैँ पुगेर चलाए डोजर

नेपालखबर
असार १९, २०८१ बुधबार १६:३५, काठमाडौँ

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ।

मन्दिरको जग्गा मिचेको भन्दै चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरले डोजर लगाएर भत्काएको हो। 

महानगरपालिकाको सचिवालयले जनाए अनुसार, बुधबार दिउँसो मेयर महर्जनकै उपस्थितिमा डोजर लगाएर उक्त पर्खाल भत्काइएको हो। 

महानगरका प्रवक्ता राजु महर्जनले दिएको जानकारी अनुसार, उक्त ठाउँमा गुठियारहरूको देवस्थल हो। 

‘यो गुठियारहरूको देवस्थल हो। यसमा जग्गा मिचिएको भन्दै धेरै समयअघि नै निवेदन परेको थियो,’ प्रवक्ता महर्जनले भने, ‘हामीले पटक पटक पर्खाल हटाउन उहाँलाई भेटेर पनि अनुरोध गरेका थियौँ। नभएपछि आज भत्काइएको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .