ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने एमालेको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने एमालेको निर्णय

नेपालखबर
असार १८, २०८१ मंगलबार १९:०, काठमाडौँ

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए। 

‘यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने। 

त्यस्तै, नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गर्ने निर्णय पनि एमालेले गरेको छ। 

‘नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा हिजोमात्रै भएको समझदारी जुन छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कुरालाई समर्थन गर्ने,’ ज्ञवालीले भने। 

त्यसैगरी राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि एमालेले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .