ad ad

राजनीति


सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको समितिले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई पत्राचार गर्ने

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको समितिले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई पत्राचार गर्ने

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १५:६, काठमाडौँ

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको विशेष समितिको आठौँ बैठकले सो निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए। 

‘सहकारी क्षेत्रसँग सम्ब्न्धित खासगरी प्रतिनिधिसभाले प्रदान गरेको कार्यादेशमा केन्द्रीत भएर संघीय प्रतिनिधिसभामा प्रतितिनिधित्व गर्ने राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेका छौँ,’ थापाले भने। 

संगठित रुपमा सहकारी क्षेत्रको विकास, प्रवद्र्धनमा राजनीतिक दलका विभिन्न व्यक्ति संलग्न रहेको निष्कर्ष निकाल्दै सो पत्राचारको निर्णय लिन लागिएको उनले बताए। 

‘समस्या समाधान र शुद्धीकरणको व्यवस्थामा राजनीतिक दल जिम्मेवार छन्। राजनीतिक क्षेत्र जवाफदेही ढंगले, जिम्मेवार ढंगले साथसाथै रहनुपर्छ भन्ने बुझाईका साथ पत्राचार गर्ने निर्णय गरेका छौँ,’ उनले भने। 

आजको बैठकमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कुन लगायतका संस्थाका पदाधिकारीसँग छलफल भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .