ad ad

राजनीति


राष्ट्रपति पौडेल भेट्न शीतलनिवासमा प्रचण्ड

राष्ट्रपति पौडेल भेट्न शीतलनिवासमा प्रचण्ड

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड केहीबेर अघि शीतलनिवास पुगेका हुन्। 

सोमबार राति भएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको समझदारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे कुराकानी गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्। 

प्रचण्डले अहिले तत्काल राजीनामा नदिएर विश्वासको मत सामना गर्ने बताएका छन्। उनले पार्टी बैठकमा विश्वासको मत लिने जानकारी गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको षड्यन्त्रको प्रतिवाद गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .