ad ad

राजनीति


सत्ता संकटमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

सत्ता संकटमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

नेपालखबर
असार १८, २०८१ मंगलबार ८:१४, काठमाडौँ

सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्। 

‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले नेपालखबरसँग भने। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रका विषयमा छलफल हुने उनले बताए

कांग्रेससँग सत्ता सहयात्रा गर्ने सहमतिसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दाबी गरेका छन्। 

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड एमाले नै कांग्रेससँग मिल्न गएपछि संकटमा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .