ad ad

राजनीति


एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका देउवाले बोलाए पदाधिकारी बैठक

एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका देउवाले बोलाए पदाधिकारी बैठक

नेपालखबर
असार १८, २०८१ मंगलबार ७:४४, काठमाडौँ

एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

आज (मंगलबार) बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी उनले पदाधिकारी बैठक बोलाएका हुन्।

‘बैठकमा सत्ता समीकरण र एमालेसँग मिलेर सरकार निर्माण प्रक्रियाबारे छलफल हुने छ,’ कांग्रेस नेता जीवन परियारले नेपालखबरसँग भने। 

एमाले र कांग्रेसबीच गएराति सत्ता सहकार्य गर्ने सहमति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .