ad ad

राजनीति


ओलीलाई भेट्न बालकोट पुगे भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ

ओलीलाई भेट्न बालकोट पुगे भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ

नेपालखबर
असार १७, २०८१ सोमबार १९:३७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। 

उनी केहीबेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ओलीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, अहिले बालकोटमा उनीबाहेक अन्य कोही मन्त्री पुगेका छैनन्। 

‘उहाँ प्रायः सधैँ आइरहनुहुन्छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘घटनाक्रम फेरिएकै कारण उहाँ आउनुभएको होइन, नियमित भेटघाट हो।’

महासेठकै नेतृत्वमा एमालेले प्रचण्ड सरकारमा आफ्ना मन्त्री पठाएको थियो।

यद्यपि, ओलीले आफ्ना मन्त्रीहरूलाई मन्त्रिपरिषद् बैठक सकेर बालकोट आउन भनेका थिए। यसबारे उनको सचिवालयले भने सामूहिक भेटघाटको कुनै कार्यक्रम नरहेको बताएको छ। 

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि उत्पन्न राजनीतिक तरंगकाबीच आइतबार र सोमबार नयाँ नयाँ घटनाक्रम विकसित भइरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .