ad ad

राजनीति


राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यले दिने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यले दिने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

नेपालखबर
असार १७, २०८१ सोमबार १५:१४, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए।

उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे। उनले सूचना पाउनासाथ सबै जना बनाउन जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए।

उनले भने, ‘भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन। तत्काल गर्नुपर्ने आवश्यकता नै छैन। पहिला २८ जिल्लामा यसलाई कार्यान्वयन गर्ने चरणमा गएका छौँ। २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईलाई तपाईको अधिकारबाट वञ्चित गर्दैन।’

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरूका लागि विशेष व्यवस्था गरिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .