ad ad

राजनीति


विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर

विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर

नेपालखबर
असार १४, २०८१ शुक्रबार २१:४६, काठमाडौँ

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन्।

कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताएका हुन्।

'विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ। अत: तपाईंहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ। मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठूलो भूमिका छ। तपाईंहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु। म तपाईंहरूकै साथमा छु,' उनले भने।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए। 'विदेशमा रहेका नेपाली श्रमिकको सुख-सुविधा, सामाजिक सुरक्षालगायत विषयमा सरकारले श्रम सम्झौताको नीति अवलम्बन गर्नुपर्छ,' उनले भने।

नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औंल्याए। वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ।

कार्यक्रमलाई कांग्रेस महामन्त्री गगन थापालगायतले पनि सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .