ad ad

राजनीति


बालेन र नगरसभा सदस्यको विवादले सुनिता डंगोलको पोर्चुगल भ्रमण स्थगित

बालेन र नगरसभा सदस्यको विवादले सुनिता डंगोलको पोर्चुगल भ्रमण स्थगित

नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पोचुर्गल भ्रमण स्थगित गरेकी छिन्। 

निकट स्रोतले दिएको जानकारी अनुसार, नगरसभा बैठक देखिएको विवादकाबीच पोर्चुगल भ्रमणमा निस्कँदा गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले भ्रमण स्थगित गरेकी हुन्। उनको भोली असार १५ गते पोर्चुगल भ्रमणमा निस्कने कार्यतालिका थियो।

शुक्रबार बिहानैमात्र काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको थियो। मेयर बालेन्द्र शाह तीन घन्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किन बाध्य भएका थिए। 

यस्तो अवस्थामा आफ्नो पोर्चुगल भ्रमणले झनै गलत सन्देश जानसक्ने भन्दै उनको भ्रमण स्थगित भएको सचिवालय स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘उपमेयर पोर्चुगल गएका कारण बैठक बस्न सकिएन भन्ने भाष्य स्थापित हुनसक्ने डरलाई देखेर उहाँले भ्रमण स्थगित गराउनुभएको हो,’ स्रोतले भन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .