ad ad

समाज


मेष सानातिना समस्यामा अल्झिने, वृषका इच्छा पूरा हुने, तपाईँको के? हेर्नुस् १६ असारको राशिफल

मेष सानातिना समस्यामा अल्झिने, वृषका इच्छा पूरा हुने, तपाईँको के? हेर्नुस् १६ असारको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार १६, २०८१ आइतबार ४:४७, काठमाडौँ

आज आइतबार, १६ असार २०८१ (३० जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ। दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ तर मध्य दिनबाट रोकिएका कामहरु पुनः सुरु हुन सक्ने छ। 

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले भोकलाई भोजन दिने। झुट नबोल्ने।

वृष : इच्छा र आकाङ्क्षा पूर्ण होला। समाजसेवामा मन लाग्नेछ। दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ्ग खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

मिथुन : अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। प्रेम जीवन पनि सुमधुर हुनेछ।

भाग्यशाली रङ्ग आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशी हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङ्ग्गको प्रयोग नगर्ने।  

कर्कट : सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। नयाँ कमको योजना बन्ने देखिन्छ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ। महिला मित्रबाट राम्रो आश्वासन मिल्नेछ। साँझपख नाक घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ।

भाग्यशाली रङ्ग सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङ्ग्गको प्रयोग नगर्ने। 

सिंह : दिन मध्यम नै रहला, व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला। घाँटीमा समस्या पनि आउनसक्छ।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्ग्गको प्रयोग नगर्ने।

कन्या : सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

भाग्यशाली रङ्ग निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारdf ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशी हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

तुला : कहीँकतैबाट कुनै उपहार प्राप्त हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। स्वास्थ्य क्षेत्र चैं  निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ ‍प्रतिशत रहेको छ। यो राशी हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

वृश्चिक : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सोचेको जस्तो सफलता अलि मिल्ने छैन। पुँजी बजारको लगानी पनि नोक्सानी हुनसक्छ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। आस्थामा पनि वृद्धि होला।    

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशी हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

धनु : बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ शिक्षामा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। तामसीक भोजन नगर्ने।  

मकर : आँटेको र ताकेको कार्य पूरा होला। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।   

कुम्भ : महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

मीन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने छ। वैदेशिक कार्य सहजै सम्पन्न हुनसक्छ। राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ तर आहार विहार प्रति सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .