राजनीति


इमरान खानले भनेः पाकिस्तानमा गैर–मुस्लिममाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ

इमरान खानले भनेः पाकिस्तानमा गैर–मुस्लिममाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ

नेपालखबर
फागुन १४, २०७६ बुधबार ११:२५,

खानले ट्वीटमार्फत पाकिस्तानमा गैर–मुस्लिममाथि कसैले आक्रमण गरे त्यस्ता व्यक्तिलाई कडा कारवाही हुने चेतावनी दिएका छन्।

खानले भनेका छन्,‘पाकिस्तानमा रहेका गैर–मुस्लिम र उनीहरुको पुजास्थललाई निशाना बनाउने जो कोहीलाई म यो चेतावनी दिन चाहन्छु की उनीहरुलाई नोक्सान पुर्याउने कार्य भए कडा कारवाही हुनेछ।’

दिल्लीमा सोमबारदेखि सुरु भएको हिंसामा २१ जनाको ज्यान गइसकेको छ। मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ।

सोमबारदेखि भने आन्दोलन हिंस्रक बन्दे गएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको छ। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।

सोमबारदेखि दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ। मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्।

जम्मु कस्मिरलाई दिएको विशेषाधिकार हटाउनु र नागरिकता कानुन ल्याउनुलाई इमरान खान मोदीले मुसलमान समुदाय भारतबाट बिस्थापित गर्न खोजेको बताउँछन्। भारतमा मुसलमानलाई मोदीले हेपेको खानको आरोप रहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad