सोमबारदेखि त्यहाँ आन्दोलनले हिंस्रक रुप लिँदा बुधबारसम्म मृतकको संख्या २० पुगेको छ। बुधबार मोदीले ट्वीटरमार्फत शान्तिको अपिल गरेका हुन्।’
मोदीले ट्वीटमा भनेका छन्,‘शान्ति र सद्भाव हाम्रो नीतिमा केन्द्रित छ। म दिल्लीका मेरा दिदीबहिनीहरु र भाइहरुलाई हरेक समय शान्ति र भाईचारा कायम राख्न अपील गर्दछु।’
महिनौंयता जारी नागरिकता कानुनविरुद्धको प्रदर्शनले सोमबारदेखि हिंसात्मक रुप लिएपछि १ सय ८० जनाभन्दा बढी घाइते भइसकेका छन्।
हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै जाफराबाददेखि मौजपुर र त्यस वरपरका क्षेत्रमा कडा सुरक्षा प्रदान गरिएको छ। दिल्ली प्रहरीले हरेक गल्लीमा गस्ती गरिरहेका छन्।
— Narendra Modi (@narendramodi) February 26, 2020Peace and harmony are central to our ethos. I appeal to my sisters and brothers of Delhi to maintain peace and brotherhood at all times. It is important that there is calm and normalcy is restored at the earliest.
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।
उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।
सोमबारदेखि दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ। मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्।
यसबीचमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी असक्षम भएको भन्दै उनले सेना परिचालन गर्न माग गरेका हुन्। एजेन्सी
Shares

प्रतिक्रिया