ad ad

राजनीति


सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था छिट्टै हट्छ : स्वास्थ्यमन्त्री यादव

सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था छिट्टै हट्छ : स्वास्थ्यमन्त्री यादव

फाइल फोटो


नेपालखबर
असार १०, २०८१ सोमबार १४:५३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उनले यस्तो बताएका हुन्। उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम शुरु गरिएको जानकारी दिए।

मन्त्री यादवले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए।

उनले उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि स्पष्ट पारे।

उनले भने, ‘केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको शुरुदेखि नै प्राथमिकतामा राखेको छु। यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु। उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको छ।’

मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .