ad ad

राजनीति


प्रदीप पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ?

प्रदीप पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ?

नेपालखबर
असार १०, २०८१ सोमबार १३:५९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन्। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जास्पद कुरा के हुन्छ? भन्दै प्रश्न गरे। 

सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने? भन्ने उनको अर्को प्रश्न थियो। उनले सरकार अराजकतातिर गइरहेको बताए। उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे।

उनले मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .