ad ad

राजनीति


विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन : रक्षामन्त्री उप्रेती

विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन : रक्षामन्त्री उप्रेती

नेपालखबर
असार ९, २०८१ आइतबार १६:८, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशबाट आएका सुरक्षाकर्मीले नेपालमा इन्काउन्टर नै गरिसक्दा पनि नेपालका सुरक्षाकर्मीले थाहा हुने नगरेको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा परिषद्को प्रभावकारिता सन्दर्भमा प्रश्न उठेको जिकिर गरे।

‘कुनै अपराधीहरू आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन। सुरक्षा परिषद्लाई थाहा हुँदैन। त्यो अवस्था पनि छ,’ मन्त्री उप्रेतीले भने।

उनले समग्र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनुपर्ने आवश्यक रहेको बताए। 

‘सबै सुरक्षा संयन्त्रको बीचमा सशक्त समन्वयको माध्यमबाट समग्र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको छ,’ उनले भने, ‘त्यसका लागि तीनवटै सुरक्षा निकायले समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .