राजनीति


आफ्नै नेतृत्वमा दल खोल्दै पूर्वडीआईजी खरेल, ज्ञानेन्द्र शाही पनि सदस्य

आफ्नै नेतृत्वमा दल खोल्दै पूर्वडीआईजी खरेल, ज्ञानेन्द्र शाही पनि सदस्य

नेपालखबर
फागुन १४, २०७६ बुधबार ८:३०,

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्‍ने भएका छन्।

 पार्टी स्थापनाको उद्देश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको घोषणा गर्न लागेका हुन्।

 बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै सो अभियानको घोषणा गर्ने खरेलले तयारी गरिरहेका छन्। अहिले अभियानका नाम दिइए पनि त्यसैलाई राजनीतिक दल बनाउने उनको तयारी रहेको छ।

खरेलले सो अभियान भ्रष्टाचारको विरोध, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गर्ने बताए।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए।

खरेलले आफ्नो दलमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई सहभागी बनाउन छलफल भइरहेको जानकारी दिए।

सो दलमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही पनि सहभागी हुने बताइएको छ।

सरकारले आफूभन्दा जुनियर सर्वेन्द्र खनाललाई २०७४ माघ २८ प्रहरी महानिरीक्षक बनाएको भन्दै पदबाट राजीनामा दिएका खरेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका सहभागी हुने चर्चा समेत चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad