ad ad

राजनीति


आज रास्वपाको स्थापना दिवस, पार्टी कार्यालयमा चियापान

आज रास्वपाको स्थापना दिवस, पार्टी कार्यालयमा चियापान

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८१ शुक्रबार ८:३९, काठमाडौँ

गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ। 

दिवसका अवसरमा रास्वपाले शुक्रबार दिउँसो चियापान कार्यक्रम आयोजना गर्दै छ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको छ।

चियापान कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका शीर्ष नेता, उद्योगी-व्यवसायी र सर्वसाधारणसमेतलाई आमन्त्रण गरेको छ।

लामो समय सञ्चार कर्ममा रहेका लामिछानेले २०७९ साल असार ७ गते आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए। सोही महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता गरिएको थियो। 

पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपा अहिले २० सिटसहित संघीय संसदमा चौथो शक्तिको रुपमा कायम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .