प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमा बसेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन्। एक घण्टादेखि जारी बैठकमा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।
उनीहरुले आजको छलफलबाट राजदूत नियुक्तिको विषयलाई टुंग्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो। त्यस्तै छलफलमा बजेट पारित लगायत समसामयिक विषयमा पनि छलफल भइरहेको छ।
सरकारले जेठ २४ गते भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो।
सरकारको प्रमुख घटक नेकपा एमालेले रिक्त रहेका राजदूतमध्य ८ वटा आफूले पाउनुपर्ने अडान राखेको छ।
2.2k
Shares
प्रतिक्रिया