ad ad

राजनीति


श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

नेपालखबर
असार ६, २०८१ बिहिबार १७:२८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरूलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन्।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले विकासका कुराहरूमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताउँदै विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे। 

‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन। विकासका कुराहरूमा राजनीति नगरि दिनुहोला। विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन। त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्,’ उनले भने, ‘देश र सरकार छ भन्ने महशुस नागरिकलाई गराउन सक्छौँ। सामाजिक सुरक्षा कोषका बारेमा हामीले धेरैपटक बजेट भन्दा अगाडि पनि अर्थमन्त्री, प्रधानमन्त्रीज्युसँग कुरा गरेका छौँ। अलिकति प्रचार प्रसार गर्न सकिएको छैन।’

उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताउँदै उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए। 

सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रालाई जबरजस्ती गर्नेकुरा सही नभएको पनि बताए। 

‘सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोष लैजान नसक्ने, निजी क्षेत्रलाई जबरजस्ती तिमीहरू हुुनपर्ने भन्ने छ। यो अलिकति पूरा भएन। त्यसमा सुहाएन,’ उनले भने, ‘सचिवालयका कर्मचारीहरू आन्दोलनमा हुनुहुन्छ त सचिवालयको कर्मचारीले पनि बाहिर उठेर हुलदंगा गरेपछि मात्रै हामी उहाँहरूका लागि वार्ता समिति बनाउने हो र? यो संवेदनशील विषय हो। म आफैँ मन्त्री छु, सरकारमा छु, म संवेदनशील छु।’

उनले संसद सचिवालयका कर्मचारीहरू आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरूका माग सम्बोधन हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .