ad ad

राजनीति


गृहमन्त्री र नेपाल भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगर्भनरबीच भेटवार्ता

गृहमन्त्री र नेपाल भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगर्भनरबीच भेटवार्ता

नेपालखबर
असार ५, २०८१ बुधबार १९:४३, काठमाडौँ

नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। 
गृहसचिव एकनारायण अर्यालका निमन्त्रणामा नेपाल भ्रमणमा आएका हनविङ्ग र लामिछानेबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट भएको हो।

भेटका अवसरमा हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले बताएको छ।

भेटका अवसरमा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल समेत भएको थियो।


विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष कुराकानी भएको मन्त्रालयले जनाएको छ। 

गृहमन्त्री लामिछानेले नेपालको पूर्वाधार विकास क्षेत्रमा चिनियाँ लगानीप्रति कृतज्ञता व्यक्त गरेका थिए। त्यस्तै नेपाली पर्यटकका लागि भिसा शुल्क नलिने निर्णय गरेकोमा र प्राचीन सीमा विन्दुहरु पुनः खोलेकोमा पनि चिनियाँ प्रतिनिधिमण्डलाई धन्यावाद दिएका थिए।

गृहमन्त्रीसँगको भेटपछि चिनियाँ टोलीसँग गृहसचिव आर्याल नेतृत्वको टोलीले द्वीपक्षीय वार्ता गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .