ad ad

राजनीति


कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे प्रभु साहले मागे गृहमन्त्रीको जवाफ

कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे प्रभु साहले मागे गृहमन्त्रीको जवाफ

नेपालखबर
असार ५, २०८१ बुधबार १४:५५, काठमाडौँ

प्रतिनिधि सभा सदस्य प्रभु साहले बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे। उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए।

‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो,’ उनले भने, ‘तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो। सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ। ५० जना जति घाइते छन्। एक दर्जन जति त गम्भीर घाइते भएका छन्। यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो ?’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .