ad ad

कारोबार


मन्त्रालयको बजेट विनियोजन पुनर्लेखन गर्नुपर्छ, प्रधानमन्त्री र अर्थमन्त्रीले हस्तक्षेप गरून् : कांग्रेस

मन्त्रालयको बजेट विनियोजन पुनर्लेखन गर्नुपर्छ, प्रधानमन्त्री र अर्थमन्त्रीले हस्तक्षेप गरून् : कांग्रेस

नेपालखबर
असार ५, २०८१ बुधबार १५:१८, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट विनियोजनमा हस्तक्षेप गरेर पुनर्लेखन गर्नुपर्ने बताएको छ।

शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै कांग्रेसले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताएको हो।

प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताए। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटको मुल मान्यतामा नै त्रुटी भएको बताए।

उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको दाबी गरे।

प्रमुख सचेतक लेखकले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए।

उनले भने, ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटी भयो। मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो। यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो।’

उनले प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर बजेट पुःलेखन गर्न लगाउनुपर्ने बताए। अन्यथा प्रधानमन्त्री नै बेठीक ढंगको बजेट विनियोजनमा संलग्न रहेको निस्कर्ष निस्कने चेतावनी दिए।

‘प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ। ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ। होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .